मंसिर ११ गते २०८३ || November 26, 2026

लेनदेनमा कुरा नमिलेपछि गोलि प्रहार


बिहीबार , पुस १७ २०८२०२:१५

लेनदेनमा कुरा नमिलेपछि गोलि प्रहार

प्रहरी स्रोतका अनुसार घटनास्थल नजिकै मृतकको घर पर्छ । भारतबाट सामान लिएर आउँदै गर्दा सडकमा सशस्त्र प्रहरीको टोलीसँग उनको जम्काभेट भएको थियो । सोही स्थानमा विवादपछि सशस्त्रले चलाएको गोली साहको छातीमा लागेर घटनास्थलमै मृत्यु भएको हो । साहले चलाएको सिटी सफारीमा ६–७ बोरा चिनी, सरफ, चकलेट लगायतका सामग्री भेटिएको छ ।

स्थानीयको दाबी अनुसार  मृतक बेलाबेला भारतबाट सामान ल्याएर बिक्री गर्थे । बुधबार राति करिब सवा १ बजे सिटी सफारीमा सामान लिएर आउँदै गर्दा लेनदेनको विवादपछि उनीमाथि गोली प्रहार भएको थियो ।

घटनालाई सशस्त्र प्रहरीले ’दोहोरो भिडन्त’ दाबी गर्दैगर्दा स्थानीयले भने लेनदेनको विवादमा प्रहरीले एकतर्फी गोली चलाएको आरोप लगाएका छन्  ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend