अध्यक्ष ओलीलाई भेट्न आइतबार बिहान प्रचण्ड च्यासल पुग्नुभएको छ । च्यासल पुगे पनि एमाले मुख्यालयमा नभएर एक घरमा उहाँहरुबीच छलफल भएको छ । गत भदौमा भएको जेनजी आन्दोलनपश्चात पहिलो पटक ओली र प्रचण्डबिच छलफल भएको हो ।
दुई शीर्ष नेताबिच देशको राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको छ । विशेषगरी सरकारले तयारी गरिरहेको आसन्न निर्वाचन, दलप्रति सरकारको धारणा, देशको शान्ति सुरक्षालगायतका विषयमा उहाँहरुबिच छलफल भएको छ ।
उहाँहरुबिच आगामी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका विषयमा गहन छलफल र समीक्षा भएको छ ।
भारत भ्रमणमा जानुअघि प्रचण्डले ओलीलाई भेट्नुभएको हो । निर्वाचनको सम्मुखमा भारत भ्रमणमा जान लाग्नुभएका प्रचण्ड र ओलीबिचको भेटवार्तालाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ ।