मंसिर ११ गते २०८३ || November 26, 2026

ईपीएसमार्फत कोरिया जाने कामदारको भिसा शुल्क बढ्यो !


पिपल अनलाइन
आइतबार, पुस १७ २०७९०८:३३

ईपीएसमार्फत कोरिया जाने कामदारको भिसा शुल्क बढ्यो !

काठमाडौँ -कोरियन भाषा परीक्षा ईपीएस मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको भिसा शुल्क केही बढेको छ । नेपालस्थित कोरियन राजदुतावासले यही १ जनवरी २०२३ देखि लागू हुनेगरी भिसा शुल्कमा केही वृद्धि भएको जनाएको छ ।

अहिलेसम्म दूतावासले ७ हजार २०० रूपैयाँ भिसा शुल्क दिने गरेको छ । अबदेखि यस्तो भिसा शुल्कमा ६०० रूपैयाँ वृद्धि गरी प्रतिकामदार ७ हजार ८०० पुर्‍याएको हो । दूतावासका अनुसार भिसा जारी गर्नुअघि आवश्यक पर्ने प्रक्रिया पूरा गर्न सीसीभीआईका लागि स्वयं व्यक्ति नै ईपीएस कार्यालयमा उपस्थित भई सीसीभीआई फाराम बुझाउनुपर्ने व्यवस्था रहेको छ । अबदेखि यस्तो फारम भर्ने व्यक्तिले भिसा शुल्कबापत ७ हजार ८०० रूपैयाँ बुझाउनुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # ईपीएसमार्फत कोरिया जाने कामदारको भिसा शुल्क बढ्यो !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend