मंसिर ११ गते २०८३ || November 26, 2026

कार्यवाहक सभापतिले शेखर कोइरालासँगै राखेर गर्न खोजेको पत्रकार सम्मेलन स्थगित


शुक्रबार, पुस २५ २०८२१२:२२

कार्यवाहक सभापतिले शेखर कोइरालासँगै राखेर गर्न खोजेको पत्रकार सम्मेलन स्थगित

नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलन स्थगित भएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेता शेखर कोइरालासहित केन्द्रीय नेताहरूलाई सँगै राखेर आज दिउँसो १ बजे सानेपामा गर्न लागेको पत्रकार सम्मेलन स्थगित भएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले मध्याह्न पौने १२ बजे विज्ञप्ति निकालेर पत्रकार सम्मेलन स्थगित गरिएको उल्लेख गर्नु भएको छ ।

सभापति र कार्यवाहक सभापतिसहित अधिकांश संस्थापन पक्षको विरोधबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गर्नु भएको छ ।

संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरलाई हस्ताक्षर फिर्ता लिन हिजो आग्रह गरेको थियो। महामन्त्री थापाले यसको विरोध गर्नु भएको थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend