मंसिर ११ गते २०८३ || November 26, 2026

सिन्धुपाल्चोक-१ को टिकट माधवलाई हस्तान्तरण , दाहालले भने - तपाईंले जित्नुहुन्छ भन्ने पूरै विश्वास छ


आइतबार, माघ ४ २०८२१२:०६

सिन्धुपाल्चोक-१ को टिकट माधवलाई हस्तान्तरण , दाहालले भने - तपाईंले जित्नुहुन्छ भन्ने पूरै विश्वास छ

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक-१ बाट निवर्तमान सांसद माधव सापकोटालाई उम्मेदवार बनाउने भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहालले सापकोटालाई सिन्धुपाल्चोक-१ को टिकट दिनु भएको छ । 

आइतबार बिहान दाहालले सापकोटालाई ललितपुरस्थित आफ्नो निवासमा बोलाएर टिकट हस्तान्तरण गर्नु भएको हो । टिकट हस्तान्तरण गरेपछि दाहालले भन्नु भएको थियो , 'ल बधाई छ । सफलताको शुभकामना । तपाईंले जित्नुहुन्छ भन्ने पूरै विश्वास छ ।'

सापकोटा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि सिन्धुपाल्चोक-१ बाट नै निर्वाचित हुनु भएको थियो । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend