प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रियसभा सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिनु भएको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उहाँहरूले लिखित राजीनामा बुझाउनु भएको हो ।
नेकपाका नेता श्रेष्ठ सर्लाही ३ बाट उठ्दै हुनुहुन्छ । त्यस्तै वामदेव बर्दिया १ बाट र एमालेकी न्यौपाने तनहुँ १ बाट उम्मेदवारी दिँदै हुनुहुन्छ ।