मंसिर ११ गते २०८३ || November 26, 2026

बालेनद्वारा पदबाट राजीनामा


आइतबार, माघ ४ २०८२०५:०९

बालेनद्वारा पदबाट राजीनामा

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएका छ । 

आइतबार प्रमुख शाहले उपप्रमुख सुनिता डङ्गोल समक्ष राजीनामा बुझाएका हुन् । उनले  स्वेच्छाले राजीनामा दिएको बताएका छन्  । राजीनामा पत्रमा महानगरकाे नेतृत्व र कार्यपालिकालाई सफलताकाे शुभकामना व्यक्त गरेका छन्  ।

'नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२।१०।०४ गते देखि लागु हुने गरी स्वेच्छाले राजीनामा पेस गर्दछु' बालेनले राजीनामा पत्रमाभनेका छन्, 'यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमानदारिपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस भन्ने कामना गर्दै, तपाईँ तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।'

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत वैशाख ३० गते सम्पन्न मतदानबाट  उनी काठमाडौँको नगर प्रमुख निर्वाचित भएका हुन् । काठमाडौँको प्रमुख बन्दा उनले  ६१ हजार ७६७ मत प्राप्त गरेका थिए ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend