युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनु भएको छ । गत कात्तिक ९ गते मन्त्री बनेका गुप्ता फागुन २१ का प्रतिनिधिसभा निर्वाचनमा सिरहा- १ बाट रास्वपाको उम्मेदवार बन्ने तयारी गर्नु भएको छ ।
पछिल्लो समय अमेरिका भ्रमणको विषयमा उहाँ विवादमा पर्नु भएको थियो । गुप्ताले आफूले राजीनामा बुझाइसकेको तर आज बिदा परेकाले दर्ता हुन नसकेको तर राजीनामा बारे प्रधानमन्त्री सुशिला कार्कीलाई जानकारी गराइसकेको बताउनु भएको छ ।
गुप्ता हाल रास्वपाका नेताहरुसँग मधेश प्रदेशमा रहनु भएको छ ।