राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी परित्याग गर्नु भएको छ । पार्टीको नेतृत्वले टिकट वितरणमा मनपरी गरेको भन्दै उहाँले सोमबार पार्टी छोड्नु भएको हो ।
राप्रपाले काठमाडौँ–५ मा कमल थापालाई टिकट दिने निर्णय गरेको छ । उक्त क्षेत्रमा हिक्मत प्रबल दाबेदार हुनुहुन्थ्यो । थापालाई टिकट दिएको विषयप्रति असन्तुष्टि जनाउँदै उहाँले पार्टी छोड्ने निर्णय गर्नु भएको हो ।
राप्रपाको केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत रहनु भएका उहाँले पार्टीभित्रको पछिल्लो गतिविधिका कारण आफूलाई बस्न असम्भव भएको बताउनु भएको छ ।
‘पार्टीभित्रको अहिलेको परिवेशले गर्दा त्यहाँ बस्न असम्भव हुँदो रहेछ, त्यसैले मैले छोड्ने निर्णय गरेको हुँ,’ उहाँले भन्नुभयो ।