नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरूले मनाङमा उम्मेदवारी फिर्ता लिन निवेदन पेस गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार केही बेरअघि एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरूङ र राप्रपाका उम्मेदवार कुविरसिंह गुरूङले आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिनुभएको हो ।
‘उहाँहरूले केही बेरअघि उम्मेदवारी फिर्ता गरिपाऊँ भनेर निवेदन दिनुभएको छ, त्यो निवेदन दर्ता भएको छ, दिउँसो १ बजेपछि यसबारे निर्णय हुन्छ,’ मुख्य निर्वाचन अधिकृत पौडेलले भन्नुभयो ।
निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको कार्यसूची छ ।