शिक्षामन्त्री पदबाट राजीनामा दिएर चुनावमा होमिएका महावीर पुनले त्रिभुज चुनाव चिन्ह पाउनु भएको छ ।
म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर चुनावमा होमिएका पुनलाई निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले त्रिभुज चुनाव चिन्ह दिएको हो ।
यसअघि आफु उम्मेदवार नबन्ने बताउदै आएका पुनले अचानक मन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिनु भएको हो । सोमबार नै म्याग्दी पुगेका पुनले उतैबाट मंगलबार बिहान राजीनामा दिनु भएको थियो ।
गत निर्वाचनमा म्याग्दीबाट नेपाली काँग्रेसका खामबहादुर गर्बुजाले एमालेका हरिकृष्ण श्रेष्ठलाई पराजित गर्दै विजयी हुनु भएको थियो ।