मंसिर ११ गते २०८३ || November 26, 2026

बागमती प्रदेशमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी


आइतबार, माघ ११ २०८२०६:१७

बागमती प्रदेशमा  गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी

 राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेश तर्फको २ सिटमा भएको निर्वाचनमा गिता देवकोटा र डा. प्रेम प्रसाद दंगाल विजयी हुनु भएको छ  । 

नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट चुनाव लडेका देवकोटा र दंगालले नेकपाका उम्मेदवारलाई पराजित गर्नु भएको हो  ।

महिला क्लस्टरमा कांग्रेसका देवकोटाले ६ हजार २३९ मत सहित निर्वाचन जित्नु भएको हो  । उहाँले प्रदेश सभा सदस्य तर्फ ६० र स्थानीय तहतर्फ १६१ मत पाउनु भएको छ  ।

उहाँको  निकटतम प्रतिद्वन्द्वी नेकपाकी सरोज कुमारी झाले २ हजार ५२२ मत पाउनु भएको छ  । झाले प्रदेश सभा तर्फ २५ र स्थानीय तह तर्फ ६३ मत पाउनु भएको हो  । सोही पदमा उम्मेदवार बनेकी नेमकिपाकी कविता महर्जनले १९७ मत पाउनु भएको छ  ।उहाँले  प्रदेश सभा तर्फ ३ र स्थानीय तह तर्फ २ मत पाउनु भएको छ । 

प्रदेश सभा तर्फ कुल ८९ मतदाता मध्ये ८८ मत सदर भएको थियो भने स्थानीय तह तर्फ २२९ मत मध्ये २२६ मत सदर भएको थियो भने ३ मत बदर भएको थियो ।

अन्य क्लस्टरमा उम्मेदवार बनेका डा. देवकोटाले ६ हजार २०५ मत सहित निर्वाचन जित्नु भएको हो  । उहाँले प्रदेश सभा तर्फ ५९ मत र स्थानीय तह तर्फ १६२ मत पाउनु भएको थियो  ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मत पाउनु भयो  । उहाँले प्रदेश सभातर्फ २५ र स्थानीय तह तर्फ ६४ मत पाउनु भयो । नेमकिपाका उम्मेदवार विक्रम ढुकुछुले १९७ मत पाउनु भयो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend