मंसिर ११ गते २०८३ || November 26, 2026

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष लामा एमालेमा प्रवेश


सोमबार, माघ १२ २०८२०४:१५

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष  लामा एमालेमा प्रवेश

माओवादी केन्द्र छँदाका काठमाडौं महानगर कमिटीका अध्यक्ष राजेश लामा नेकपा एमाले प्रवेश गर्नु भएको छ ।

उहाँ सोमबार दिउँसो एमाले प्रवेश गर्नु भएको हो ।

उहाँलाई अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डु स्थित निवासमा पार्टीको झण्डा, नेपालको झण्डा र खादा ओढाएर पार्टी प्रवेश गराएको उहाँको सचिवालयले जानकारी दिएको छ। 

अध्यक्ष राजेश लामाले एमाले प्रवेश गर्न ढिलो भएको बताउनु भएको थियो 

लामासँगै जिल्ला कमिटीका सदस्य विष्णु जोशीले पनि एमाले प्रवेश गर्नु भएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend