मंसिर ११ गते २०८३ || November 26, 2026

विद्यालयमा दिवा खाजा कार्यक्रमबाट ३० लाख बालबालिका लाभान्वित हुँदै


पिपल अनलाइन
आइतबार, पुस १७ २०७९०५:२०

विद्यालयमा दिवा खाजा कार्यक्रमबाट ३० लाख बालबालिका लाभान्वित हुँदै

काठमाण्डौँ - सरकारले सामादायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमबाट ३० लाख बालबालिका लाभान्वित हुँदै आएका छन् । यसका लागि संघीय सरकारले वार्षिक रूपमा ९ अर्ब भन्दा बढीको बजेट स्थानीय तहमार्फत परिचालन गर्दै आएको छ । 

यस कार्यक्रमका लागि कतिपय स्थानीय तहबाट समेत थप बजेट व्यवस्थापन गरी उत्साहजनक रूपमा कार्यक्रम सञ्चालन भइरहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केही विद्यालयहरूमा भने दिवा खाजा कार्यक्रम सन्तोषजनक हुन नसकेको समेत गुनासो आउने गरेको छ । 


  • सम्बन्धित विषय:

  • # विद्यालयमा दिवा खाजा कार्यक्रमबाट ३० लाख बालबालिका लाभान्वित हुँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend