मंसिर ११ गते २०८३ || November 26, 2026

सम्पत्ति अनुसन्धानमा प्रचण्डको प्रतिक्रिया—पूर्वाग्रह नराख्न सरकारलाई आग्रह


आइतबार, चैत १५ २०८२०५:५०

सम्पत्ति अनुसन्धानमा प्रचण्डको प्रतिक्रिया—पूर्वाग्रह नराख्न सरकारलाई आग्रह

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कुनै पनि विषयमा अनुसन्धान गर्दा निष्पक्षता कायम गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

आफूमाथि समेत सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइएको सन्दर्भमा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले अनुसन्धान स्वतन्त्र र पूर्वाग्रहरहित हुनुपर्नेमा जोड दिए। उनले राजनीतिक आग्रह–पूर्वाग्रहबाट मुक्त भएर प्रक्रिया अघि बढाउनुपर्ने बताए।

सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यसूचीअनुसार पहिलो चरणमा २०६२/०६३ पछिका सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने योजना अघि बढाइएको छ। सोही योजनाअन्तर्गत पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डको सम्पत्ति सम्बन्धी अध्ययन प्रक्रिया अघि बढेको बताइएको छ।

यसैबीच, नेकपाको संसदीय दलले प्रचण्डलाई नेता चयन गरेको छ। साथै, पार्टीले आइतबार राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरूलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend