मंसिर ११ गते २०८३ || November 26, 2026

सरकारी मिडियालाई मात्र प्राथमिकता, निजी सञ्चार माध्यम चिन्तित


बिहीबार , चैत १९ २०८२१२:५२

सरकारी मिडियालाई मात्र प्राथमिकता, निजी सञ्चार माध्यम चिन्तित

सरकारले सबै प्रकारका सरकारी सूचना तथा विज्ञापन अनिवार्य रूपमा सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र जारी गर्दै सरकारी खर्चमा मितव्ययिता कायम गर्न तथा पारदर्शिता अभिवृद्धि गर्न यस्तो व्यवस्था लागू गरिएको जनाएको छ।

यस निर्णयसँगै अब नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सबै सार्वजनिक निकायले आफ्ना सूचना तथा विज्ञापन गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्नुपर्नेछ। प्रधानमन्त्रीमा वालेन्द्र शाह नियुक्त भएपछि सरकारी विज्ञापनका लागि सरकारी सञ्चार माध्यमलाई प्राथमिकता दिने नीति अघि सारिएको हो।

निर्णयप्रति भने निजी सञ्चार माध्यम र पत्रकारहरूले आपत्ति जनाएका छन्। सरकारी विज्ञापनमा निर्भर रहेका निजी मिडियामा यसले आर्थिक असर पर्ने भन्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया आएका छन्।

मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको निर्णयअनुसार सार्वजनिक खरिदसम्बन्धी सूचनासहित सबै प्रकारका विज्ञापन सरकारी सञ्चार माध्यममा मात्रै प्रकाशन गर्नुपर्नेछ। साथै, भुक्तानी सिधै सम्बन्धित सञ्चार माध्यमको खातामा गर्नुपर्ने र विज्ञापनको दर तथा छुट रकम आधिकारिक रूपमा स्वीकृत भएको हुनुपर्ने व्यवस्था गरिएको छ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी पत्रमा “सरकारी खर्चमा एकरूपता ल्याउने र सरकारी सञ्चार माध्यमको प्रवर्द्धन गर्ने उद्देश्यले यो निर्णय गरिएको हो” उल्लेख गरिएको छ।

यस निर्णयले लामो समयदेखि सरकारी विज्ञापनमा निर्भर निजी क्षेत्रका पत्रपत्रिका तथा टेलिभिजनहरूलाई भने उल्लेखनीय आर्थिक असर पर्ने देखिएको छ।

page.jfif
undefined




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend