मंसिर ११ गते २०८३ || November 26, 2026

उपसभामुखमा कसलाई दिने ? रास्वपाको तीव्र छलफल


शुक्रबार, चैत २० २०८२१२:०३

उपसभामुखमा कसलाई दिने ? रास्वपाको तीव्र छलफल

चैत २२ मा हुने सभामुख–उपसभामुख निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टीले सभामुखमा डोलप्रसाद अर्याललाई अघि सार्दै उपसभामुखबारे तीव्र छलफल गरिरहेको छ।

संविधानअनुसार उपसभामुख प्रतिपक्षलाई दिनुपर्ने भएकाले रास्वपाले हर्क साम्पाङ, ज्ञानेन्द्र शाही र **पुष्पकमल दाहाल ‘प्रचण्ड’**सँग संवाद अघि बढाएको छ।

पार्टीभित्र भने उपसभामुख श्रम संस्कृति पार्टीलाई दिने मत बलियो देखिएको छ, जहाँ रुवी कुमारी ठाकुर वा राधिका रम्तेल सम्भावित अनुहार मानिएका छन्। यता नेकपा पाएमा बलावती शर्माको नाम अगाडि छ।

कांग्रेस र एमालेलाई उपसभामुख नदिने रास्वपाको निर्णयबीच अन्तिम सहमति भने अझै टुंगिएको छैन।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend