मंसिर ११ गते २०८३ || November 26, 2026

गोरखनाथ अक्षय जयन्तीको अवसरमा श्रद्धा अर्पण एवं ध्यान साधना


शुक्रबार, वैशाख १८ २०८३०४:३३

गोरखनाथ अक्षय जयन्तीको अवसरमा श्रद्धा अर्पण एवं ध्यान साधना

काठमाडौँ ।

आज गोरखनाथ अक्षय जयन्तीको पावन अवसरमा पशुपति मृगस्थलीस्थित गुरु गोरखनाथ मठमा विशेष श्रद्धा, भक्ति एवं ध्यान साधना कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा गुरु गोरखनाथप्रति भक्तिभाव र राष्ट्रगुरु योगी नरहरिनाथको प्रतिमामा श्रद्धा-भक्तिपूर्वक माल्यार्पण गर्दै उहाँहरूको योगदानको स्मरण गरिएको हो ।

कार्यक्रममा विश्व ॐकार एकता महाभियानका प्रमुख संयोजक, अन्तर्राष्ट्रिय उत्प्रेरक एवं आध्यात्मिक व्यक्तित्व डा. चिन्तामणिनाथ योगी, सङ्गत संस्कृति संयोजक योगी पुष्पराज पुरुष र विश्व ॐकार एकता महाभियानका संयोजक सदस्य डा. बासुदेवकृष्ण शास्त्रीको विशेष उपस्थिति रहेको थियो । त्यसैगरी बाह्रपन्थी नाथ योगी महासंघका अध्यक्ष प्रा.डा. कविरनाथ योगी, पतञ्जलि योगका गुरु प्रा.डा. प्रेम शाह लगायत संगतआश्रम परिवार, शान्ति सेवा आश्रम, हिन्दू विद्यापीठ नेपाल र गोरक्षनाथ सेवा संघका सदस्यहरू तथा अन्य साधक एवं भक्तजनहरू कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

सहभागीहरूले गुरु गोरखनाथ र योगी नरहरिनाथको प्रतिमामा श्रद्धापूर्वक माल्यार्पण गर्नुका साथै सामूहिक ध्यान साधना गरेका थिए । आध्यात्मिक जागरण र नाथ परम्पराको संरक्षणमा गुरुहरूको भूमिकाबारे चर्चा गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

376dc00f-4972-4eff-a9c1-38332bb953cd.jfif
undefined

ddcfac0a-0c3d-405e-a82c-e9a3ef5d91d0.jfifd71572ad-f5a7-4e93-b38f-dbe7d15dc051.jfif




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend