मंसिर ११ गते २०८३ || November 26, 2026

तीन सय शय्याको अस्पताल निर्माण हुने


पिपल अनलाइन
मंगलबार, पुस १९ २०७९०७:०२

तीन सय शय्याको अस्पताल निर्माण हुने

कामाण्डौँ - शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले तीन सय शय्याको नयाँ भवन निर्माण गर्ने भएको छ । हाल उक्त अस्पतालमा एक सय शय्या सञ्चालनमा छन् । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा मनीषा रावलले यसका लागि भवन निर्माणको काम सुरु गर्ने जानकारी दिए । अस्पताल भवनको डिजाइन तयार भइसकेको छ । 

तीन अर्ब रुपियाँको लागतमा निर्माण हुन लागेको भवन आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गरिनेछ । यसअघि सरकारको प्राथमिकतामा नपरेको सरुवा रोग अस्पताल कोभिड–१९ महामारीपछि केन्द्रमा तीन सय शय्या र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने योजना बनाइएको थियो । टेकु अस्पतालका सूचना अधिकारी नवराज गौतमले नयाँ भवन निर्माण गर्न पुराना भवन भत्काइने बताए । उपचारका लागि अस्थायी संरचना निर्माण गरिनेछ । नयाँ भवन छ तलाको हुनेछ ।


  • सम्बन्धित विषय:

  • # तीन सय शय्याको अस्पताल निर्माण हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend