मंसिर ११ गते २०८३ || November 26, 2026

पुष्प डि आरको ‘म तिमीलाई‘ गीत सार्वजनिक


पिपल अनलाइन
मंगलबार, पुस १९ २०७९१२:०२

पुष्प डि आरको ‘म तिमीलाई‘ गीत सार्वजनिक

काठमाडौँ - गायक पुष्प डि आरको स्वरमा रहेको ‘म तिमीलाई‘ गीतको भिडियो सार्वजनिक भएको छ । गीत हिमालयन म्युजिक एकेडेमी युटुव च्यानल मार्फत सार्वजनिक भएको हो । अमेरिकामा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रुपमा क्रियाशिल पुष्प गजमेरको शब्द , संगीत तथा एरेन्जमा गीत तयार गरिएको छ । 

गीतमा प्रेमी, प्रेमिका बीचको भावनात्मक प्रेमका सम्वादहरुलाई समावेश गरिएको छ । जिवन पराजुलीको छायाँकन, भद्र जंग कुँवरको सम्पादन तथा जयेन्द्र कुँवरको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा गायक पुष्प र मोडल नग्मा श्रेष्ठको फिचरिङ्ग रहेका छन् ।


  • सम्बन्धित विषय:

  • # पुष्प डि आरको ‘म तिमीलाई‘ गीत सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend