मंसिर ११ गते २०८३ || November 26, 2026

कार्यालय समय बढाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन


पिपल अनलाइन
बुधबार, पुस २० २०७९०७:०१

कार्यालय समय बढाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

काठमाण्डौँ - उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले चार बजेसम्म हुँदै आएको यातायात व्यवस्था विभागको कामलाई पाँच बजेसम्म पुर्‍याउन निर्देशन दिएका छन् । मंगलबार काठमाडौं उपत्यकामा रहेका विभिन्न यातायात व्यवस्था कार्यालयहरूको अनुगमन गर्दै उनले कार्यालय प्रमुखहरूलाई नयाँ लाइसेन्स प्रक्रिया छिटो–छरितो प्रक्रियाबाट गर्न निर्देशन दिएका हुन् । 

कार्यालयमा बिचौलियाहरूको बिगबिगी भएको गुनासो आएको छ ।’ समग्रमा बिचौलियाको अन्त्य र बिचौलियाको चलखेल बन्द गर्नसमेत उनले कडा निर्देशन दिएका छन् । गलत काम गर्ने कर्मचारीलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिँदै श्रेष्ठले कुनै सेवा–सुविधा नपुगे, कर्मचारी अपुग भए वा कुनै समस्या भए जानकारी दिन निर्देशन दिए ।  


  • सम्बन्धित विषय:

  • # कार्यालय समय बढाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend