मंसिर ११ गते २०८३ || November 26, 2026

आजको मौसम : हिमाली भू–भागमा हिमपात, तराईमा हुस्सु र कुहिरो


पिपल अनलाइन
बुधबार, पुस २० २०७९०७:०३

आजको मौसम : हिमाली भू–भागमा हिमपात, तराईमा हुस्सु र कुहिरो

काठमाडौँ - देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली  रही  तराईका धेरै भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । प्रदेश १ को हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


  • सम्बन्धित विषय:

  • # आजको मौसम : हिमाली भू–भागमा हिमपात, तराईमा हुस्सु र कुहिरो
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend