मंसिर ११ गते २०८३ || November 26, 2026

खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङ बनाउने योजनाको किन हुँदैछ विरोध ?


पिपल अनलाइन
बुधबार, पुस २० २०७९०७:४९

खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङ बनाउने योजनाको किन हुँदैछ विरोध ?

काठमाण्डौँ - खुलामञ्च, सबैका लागी सधै खुला। चाहे राजतन्त्र होस् या गणतन्त्र। स्वतन्त्रताको विगुल फुक्न होस् या सत्ताको प्रतिकार गर्न होस्। खुलामञ्च सँधै सबैको साझा बन्यो।  दुरदराजबाट सपनाको तान बुन्दे राजधानी छिरेको बेरोजगार युवाले सुस्ताउने घर हो खुलामञ्च। हुँदा खानेहरुको भरोषाको केन्द्र पनि हो।
 
सँधै सबैलाई बर्षोदेखि खुला खुलामञ्च अब बन्द गरिँदैछ। काठमाडौ उपत्यकाको सुन्धारा क्षेत्रमा पाकिङलाई सहज बनाउने भन्दै काठमाडौ महानगरपालिकाले खुलामञ्चमा अन्डरग्राउण्ड पार्किङ बनाउने निर्णय गरेको छ। गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १० औं कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पूनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार गर्ने निर्णय गरेको थियो। करौडौ रुपैयाको लागतमा काठमाडौंको मुख्य क्षेत्र मानिने खुलामञ्चको स्वरुप बिगार्न लागिएको भन्दै सम्पदाविद र अभियन्ता आन्दोलनमा छन्।
 
काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई अहिलेको अवस्था मै हुनुपर्ने र मास्न नपाइने अभियन्ताको माग छ। प्राचिन हिटी प्रणालीसँग जोडिएको खुलामञ्चको प्राकृतिक रिचार्ज सिष्टम र अन्य नकारात्मक वातावरणीय प्रभाव पर्ने भएकाले खुलामञ्चलाई चलाउन नहुने उनीहरूको तर्क छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ । 


  • सम्बन्धित विषय:

  • # खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङ बनाउने योजनाको किन हुँदैछ विरोध ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend