मंसिर ११ गते २०८३ || November 26, 2026

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु-कुहिरो !


पिपल अनलाइन
शनिबार, पुस २३ २०७९०७:२४

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु-कुहिरो !

काठमाडौँ - मौसम पूर्वानुमान महाशाखाले हाल तराईका अधिकांश भू–भागमा हुस्सुरकुहिरो र शीतलहर जारी रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली र तराईमा शीतलहर चलिरहेको छ ।

शनिबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू–भागमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । नेपालको मध्य तथा पश्चिम तराईमा अझै केही समय शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । पुस १७ गतेदेखि तराईमा शीतलहर चल्न सुरु भएको हो । पाँच दिनयता तराईमा घाम नलाग्ने, चिसो बढेसँगै शीतलहर चल्ने क्रम जारी छ । हिमालमा हिमपात र पहाडमा हुस्सु, कुहिरोको चाप बढ्दो छ ।  तराईका धेरै  भूभागहरूमा  बाक्लो  हुस्सु लाग्ने र दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पार्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


  • सम्बन्धित विषय:

  • # आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु-कुहिरो !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend