मंसिर ११ गते २०८३ || November 26, 2026

आठवटा मुद्दामा अख्तियारद्वारा पुनरावेदन


पिपल अनलाइन
सोमबार, पुस २५ २०७९०७:२५

आठवटा मुद्दामा अख्तियारद्वारा पुनरावेदन

काठमाण्डौँ - विशेष अदालतबाट फैसला भएका आठवटा मुद्दामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले आइतबार अदालतमा पुनरावेदन दिएको हो । पुनरावेदन दिइएका मुद्दामा घुस तथा रिसवत, झुटा विवरण पेस गरी नपाएको ओहदा ग्रहण गरेकालगायतका विषयसँग सम्बन्धित छन् । 

आयोगले पुनरावेदन गरेको मुद्दाका प्रतिवादी रामविश्वास राय यादव, सरोजकुमार यादव, धनबहादुर तामाङ, रामानन्द चौधरी, विस्नाकुमारी साउद, लालु गिरी, देवजङ्ग शाही, सिकन्दरप्रसाद कानु, प्रा।डा। राजकुमार रौनियार र रामहरि रौनियार छन् । 

   


  • सम्बन्धित विषय:

  • # आठवटा मुद्दामा अख्तियारद्वारा पुनरावेदन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend