मंसिर ११ गते २०८३ || November 26, 2026

राष्ट्रिय भलिबल प्रतियोगिता : पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा


पिपल अनलाइन
बिहीबार , पुस २८ २०७९०२:१०

राष्ट्रिय भलिबल प्रतियोगिता : पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा

 काठमाण्डौँ - सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भड हलामा आज बिहीवार भएको खेलमा विभागीय टोली पुलिसले न्यु डायमन्डलाई तीन–दुईको सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । यस जितसँगै पुलिस समूह ुएु को विजेता बन्यो । प्रतियोगितामा न्यु डायमन्ड पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । 

पहिलो सेट २५–२२ ले जितेको पुलिसले खेलको दोस्रो सेट २२–२५ ले गुमायो । त्यस्तै खेलको तेस्रो सेट पुलिसले २५–१४ ले जित्यो भने खेलको चौँथो सेट न्यु डामन्डले २५–२३ ले जित्यो । त्यसैगरी खेलको पाँचौँ तथा अन्तिम सेट पुलिसले १५–१० ले जित्यो । यसैगरी आजै भएको अर्को खेलमा सशस्त्र प्रहरी बल एपीएफ कृष्ण एकेडेमी क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बी मा रहेको एपीएफ कृष्ण एकेडेमीलाई तीन–शून्यको सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफले पहिलो सेट २५–४, दोस्रो सेट २५–४ र तेस्रो सेट २५–३ ले जित्यो ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रिय भलिबल प्रतियोगिता : पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend