मंसिर ११ गते २०८३ || November 26, 2026

८४५ मत ल्याएर नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र लामा निर्वाचित


शनिबार, वैशाख ३१ २०७९०९:१४

८४५ मत ल्याएर नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र लामा निर्वाचित

काठमाडौं - बुढानिलकण्ठ नगरपालिका वार्ड नम्बर– १ को मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालय बुढानिलकण्ठले सार्वजनिक गरेको सूचना अनुसार ८४५ मत ल्याएर नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र लामा निर्वाचित भएका छन् ।

त्यसै गरी प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उत्तम कुमार खड्काले ४७३ मत ल्याएका थिए भने अध्यक्षकै उम्मेदवार नेकपा एसका श्याम तामाङले ५९ मत र नेकपा(माओवादी केन्द्र) की उम्मेदवार ललिता श्रेष्ठले २२ मत ल्याउनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यसै गरी सोही वडाबाट दलित महिला सदस्यमा एमालेकै तर्फबाट उम्मेदवार बनेकी शर्मिला नेपालीले ८३२ मत प्राप्त गरी निर्वाचित भएकी छन् । 


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # एमाले


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend