मंसिर ११ गते २०८३ || November 26, 2026

ताँजाकोट गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी


आइतबार, जेठ १ २०७९११:२५

ताँजाकोट गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

हुुम्ला  - ताँजाकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का लालकेश जैसी र उपाध्यक्षमा नेपाली कांग्रेसका सुरेन्द्र थापा विजयीभएका छन्। उनिहरु दुवै जना गठबन्धन दलबाट विजयी भएका हुन् ।

ताँजाकोट गाउँपालिका सहायक निर्वाचन अधिकृत प्रेमबहादुर सिंहका अनुसार गठबन्धन दलबाट गाउँपालिकाको अध्यक्षमा जैसी र  उपाध्यक्षमा थापा विजयी भएको हो।

अध्यक्ष जैसीले १८ सय १० मत प्राप्त गरेको हो भने उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का अजमल बुढाले ९९५ मत प्राप्त  गरेको छ।उपाध्यक्ष पदमा थापा १३ सय १० मतसहित विजयी भएको छ। उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का रुपचन्द्र ऐडीले ४७७ मत प्राप्त गरेका छन्।

गाउँपालिका वडाध्यक्षमा वडा नम्बर १, २, ४ र ५ मा माओवादी  केन्द्र विजयी भएको छ भने वडा नम्बर ३ मा एमाले विजयी भएको छ।


  • सम्बन्धित विषय:

  • # हुम्ला


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend