मंसिर ११ गते २०८३ || November 26, 2026

रामपुर नगरपालिका प्रमुखमा नेपाली काङ्ग्रेसका रमणबहादुर थापा निर्वाचित


मंगलबार, जेठ ३ २०७९०१:३३

रामपुर नगरपालिका प्रमुखमा नेपाली काङ्ग्रेसका रमणबहादुर थापा निर्वाचित

पाल्पा - रामपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली काङ्ग्रेसका रमणबहादुर थापा निर्वाचित भएको छ । थापाले १० हजार ४ सय ६५ मतसहित विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवप्रसाद अर्यालले १० हजार ८३ मत मात्र ल्याएका थिए। 

यस्तै,रामपुर नगरपालिकाको उपप्रमुखमा बालकुमारी थापा निर्वाचित भएको छ । उपप्रमुखमा थापाले १० हजार ३ सय ७ मत प्राप्त  गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी दुर्गादेवी रानाले १० हजार २ सय ५० मत मात्रै ल्याएको छ । 

रामपुरको १० वटा वडामध्ये नेपाली काङ्ग्रेसका उम्मेदवारले १, २, ४, ५, ६, ७ र ९ वडा जितेको थियो भने एमालेले ३, ८ र १० वडा जितेको थियो । 


  • सम्बन्धित विषय:

  • # रमणबहादुर थापा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend