मंसिर ११ गते २०८३ || November 26, 2026

सिके राउत नेतृत्वको जनमत पार्टीले निकाल्यो दोस्रो पालिकामा अर्को जित 


बिहीबार , जेठ ५ २०७९०४:५२

सिके राउत नेतृत्वको जनमत पार्टीले निकाल्यो दोस्रो पालिकामा अर्को जित 

काठमाडौं -  सिके राउत नेतृत्वको जनमत पार्टी (जपा)ले दोस्रो पालिकामा जित निकालेको छ। यसअघि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जित निकालेको जपाले सप्तरीकै वलान विहुल गाउँपालिकामा जित निकालेको छ। जपाले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित निकालेको हो।

जपाका खेम चन्द्र यादव गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। उनले २ हजार ९९४ मत प्राप्त  गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नवीन कुमार झाले २ हजार २४७ मत ल्याउँदै पराजित भएको छ।

गाउँपालिकाको उपाध्यक्ष पदमा पनि जपाकै रेणु यादवले जितेकी छन्। यादव २ हजार ६९० मत ल्याउँदै निर्वाचित भएको हो।  


  • सम्बन्धित विषय:

  • # सिके राउत


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend