मंसिर ११ गते २०८३ || November 26, 2026

५ वर्षअघि : मतपत्र च्यातेको भरतपुर १९ मा एमाले बिजयी


आइतबार, जेठ ८ २०७९०५:४७

५ वर्षअघि : मतपत्र च्यातेको भरतपुर १९ मा एमाले बिजयी

काठमाडौं - चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार द्रोण गुरुङलाई हराउँदै एमालेका प्रकाश तामाङ वडाध्यक्षमा विजयी भएका हुन् ।

५ वर्षअघिको स्थानीय तह निर्वाचनमा मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुरको मतगणना विवादमा तानिएको थियो । पछि सर्वोच्च अदालतको आदेशको बलमा भरतपुर-१९ मा पुन मतदान भएको थियो ।

त्यतिबेला वडा नम्बर १९ मा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १५४४ मत पाएकी थिइन् भने एमालेका देवी ज्ञवालीले १०३२ मत पाएका थिए । यस्तै वडातर्फ काँग्रेसका कर्णबहादुर गुरुङ १४७८ मत पाएर विजयी भएका थिए ।

त्यतिबेला गुरुङसँग पराजित भएका प्रकाश तामाङ आइतबार सम्पन्न भएको वडा नम्बर १९ को मतगणनामा विजयी भएका हुन् ।


  • सम्बन्धित विषय:

  • # एमाले


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend