मंसिर ११ गते २०८३ || November 26, 2026

नेकपा एकीकृत समाजवादीले राष्ट्रिय अभिमुखीकरण कार्यक्रम गर्ने 


सोमबार, जेठ २३ २०७९०८:२०

नेकपा एकीकृत समाजवादीले राष्ट्रिय अभिमुखीकरण कार्यक्रम गर्ने 

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई लक्षित गरी राष्ट्रिय अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।

शनिबारदेखि जारी  केन्द्रीय सचिवालयको २६ औं बैठकले असार ४  र ५ गते काठमाडौंमा सो कार्यक्रम गर्ने निर्णय गरेको उपमहासचिव एवम् केन्द्रीय कार्यालय सचिव डा. गंगालाल तुलाधरले जानकारी दिए।  बैठक आइतबार साँझ सम्पन्न भएको छ।

यसैगरी, हालै सम्पन्न स्थानीय निर्वाचनमा पार्टी र गठबन्धनको भूमिकाबारे समीक्षा प्रतिवेदन तयार गर्न प्रदेशगतरुपमा जिम्मेवारी बाँडफाँड गरिएको छ।

जसका लागि, प्रदेश १ मा जयन्ती राई, मधेश प्रदेशमा रामचन्द्र झा, बागमतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिमका लागि वेदुराम भुषाललाई  जिम्मेवारी प्रदान गरिएको छ।प्रतिवेदन तयार गरेर स्थायी कमिटीमा पेश गर्नेगरी सो निर्णय गरिएको तुलाधरले बताए ।

 


  • सम्बन्धित विषय:

  • # नेकपा एकीकृत समाजवादी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend