मंसिर ११ गते २०८३ || November 26, 2026

हुुम्ला जिससको निर्वाचनमा सत्ता गठबन्धन निर्विरोध निर्वाचित


सोमबार, असार ६ २०७९०८:१५

हुुम्ला जिससको निर्वाचनमा सत्ता गठबन्धन निर्विरोध निर्वाचित

हुुम्ला - जिल्ला समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धन निर्विरोध निर्वाचित भएका छन् । सो निर्वाचनका लागि नेकपा एमालेलगायत अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । 

मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुखलगायत सबै सात पदमा निर्विरोध निर्वाचित भएको बताए । उनले अन्य कुनै पनि दलबाट उम्मेदवारी नपरेकाल निर्विरोध निर्वाचित भएको बताए। 

निर्विरोध निर्वाचित भएकामा प्रमुखमा नेकपा एकीकृत समाजवादीका शिवराज शर्मा, उपप्रमुखमा नेकपा माअ‍ोवादी केन्द्रका दलुु फडेरा रहेका छन्। त्यसैगरी, सदस्यहरुमा नेपाली काँग्रेसबाट सरिता रावत, दीप भण्डारी, कर्णबहादुुर शाही र धिरबहादुुर सिंह निर्विरोध निर्वाचित भएको छ। 

यस्तै, नेकपा माअ‍ोवादी केन्द्रबाट चुदी जाङ्मुु तामाङ, सिंह सिंह र कर्ण दमाईलगायत विजयी भएको छ । यसअघि जिसस पदाधिकारीको निर्वाचनका लागि तीनदलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय भएको थियो । निर्विरोध निर्वाचित भएपछि जिससका सबै पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ खुवाउने र प्रमाणपत्र वितरण मङ्गलबार हुनेछ । 


  • सम्बन्धित विषय:

  • # हुुम्ला जिसस


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend