मंसिर १२ गते २०८३ || November 27, 2026

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने 


पिपल अनलाइन
बुधबार, वैशाख १३ २०८०११:२५

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने 

 काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । माघ २२ गते सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिएको रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो ।

चितवन(२ बाट निर्वाचित भएपछि रास्वपा सभापति रवि लामिछानेले मंगलबार संचारकर्मीसँग कुरा गर्दै सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका थिए । उनले सरकारको काम चित्त बुझ्दो नभएको भन्दै सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका थिए ।

उपनिर्वाचन अघिसम्म सरकारलाई दिएको समर्थन कायम रहने बताएको रास्वपाले उपनिर्वाचन लगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो ।


  • सम्बन्धित विषय:

  • # रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend