मंसिर १२ गते २०८३ || November 27, 2026

संसदीय समिति गठनका लागी भोलिसम्म नाम पठाउन सभामुखको आग्रह


पिपल अनलाइन
बुधबार, वैशाख १३ २०८००२:०७

संसदीय समिति गठनका लागी भोलिसम्म नाम पठाउन सभामुखको आग्रह

काठमाडौँ - संसदीय सुनुवाइलगायतका विषयगत समिति गठनमा ढिलाइ हुने भएको छ । प्रमुख तीन दलले सांसदहरूको नाम नपठाएपछि संसदीय सुनुवाइलगायतका समिति गठनमा ढिलाइ हुने भएको हो ।

आज तीन बजे डाकिएको प्रतिनिधिसभा बैठकमा संसदीय सुनुवाइ समितिका सदस्यको मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची थियो । संसद् बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिमा दलहरूले आफ्ना प्रतिनिधिको नाम दिएनन् । सभामुख देवराज घिमिरेले भोलि बिहीबारसम्म नाम दिन आग्रह गरेका छन् ।


  • सम्बन्धित विषय:

  • # संसदीय समिति गठनका लागी भोलिसम्म नाम पठाउन सभामुखको आग्रह
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend