मंसिर १२ गते २०८३ || November 27, 2026

नेपालद्वारा दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेश पराजित


मंगलबार, असोज ११ २०७९११:४२

नेपालद्वारा दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेश पराजित
काठमाडौं - नेपालले मैत्रीपूर्ण खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो ।
 
अन्जन विष्टको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो । अन्जन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । बंगलादेशका सजाद होसेनले एक गोल फर्काए । योसँगै अन्जन नेपालका लागि अन्तराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी बनेका छन् । राष्ट्रिय टोलीका लागि अन्जनको यो १० औं गोल समेत हो ।
 
यस अघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी,भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन्। नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो ।


  • सम्बन्धित विषय:

  • # नेपाल
  • # बंगलादेश


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend