काठमाडौँ - गुल्मी–१ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन् । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।
भण्डारीले अन्तिम मत परिणाम अनुसार ३३ हजार ७ सय ४४ ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धा नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले ३२ हजार १ सय ५२ पाउँदै पराजित भएका छन् ।
अहिले भण्डारी निर्वाचित भएसंगै कांग्रेस नेता कार्यकर्ताले भने उत्सव मनाइरहेका छन् ।