गोरखा, २०८१ भद्र ०७ गते- यस बर्षको श्रीकृष्ण जन्माष्टमीको पावन अबसरमा गोरखा जिल्ला सिरानचोक गाउँपालिकामा वडा नं ०५ मा अवस्थित छोप्राक फौदर गाउँमा बिषेश कार्यक्रम गरिने भएको छ।
कृष्ण जन्माष्टमीको अवसर पारेर सिरानचोक गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० बजेट अन्तर्गत कुल १० लाख (दशलाख रुपैयाँ) र स्थानीय बासीको श्रमदानमा नवनिर्मित श्री राधाकृष्ण मन्दिरको समुदघाटन, प्राण प्रतिष्ठा, भागवत वाचन, लक्षदीप प्रज्वलन तथा पितृ उद्धार कार्यक्रम आयोजना गर्न लागिएको हो।
यहाँको पुरानो कृष्ण मन्दिर नवनिर्माण सम्पन्न भएसंगै सोहि दिन मन्दिरमा श्री राधाकृष्ण को मुर्ती थापना गरेर प्राण प्रातिष्ठा, भागवत कथा वाचन, हवन तथा लाख बत्ती प्रज्वलन कार्यक्रम समेत राखिएको छ।
उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री माननीय श्री सुरेन्द्रराज पाण्डे ज्यूले गर्ने कार्यक्रम छ। साथै, भागवत वाचन चिर परिचित धर्मगुरु वाचन प्रबिण भागवताचार्य पं. श्री रामहरि सिग्देल ज्यूबाट भागवत कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।
गाउँपालीकाबाट विनियोजित बजेटले मन्दिर मात्र बनेपछी मुर्ती खरिद तथा अन्य कार्यक्रमको लागी स्थानीय युवा हरुले चन्दा संकलन समेत गरेका छन। हाल सम्म चन्दा संकलन बाट साढे दुई लाख रुपैयाँ जम्मा भएको मन्दिर व्यबस्थापन समितिका संयोजक शिव चन्द्र पोखरेलले जानकारी दिनुभएको छ ।
उक्त रकम मुख्य र अन्य मुर्ती खरीद, मन्दिर ब्यबस्थापन तथा एकाहा लगाउन खर्च गरीने मन्दिर ब्यबस्थापन संयोजक शिव चन्द्र पोखरेलले जानकारी दिनुभएको छ । साथै, सो कार्यक्रममा सहभागी भएर पुण्यलाभ गर्न पनि उनले समस्त सिरानचोक बासी जनसमुदायलाई हार्दिक अनुरोध समेत गर्नुभएको छ ।