मंसिर १३ गते २०८३ || November 28, 2026

ज्येष्ठ पूर्व प्रहरीलाई सम्मान


बुधबार, असोज ३० २०८१०५:२४

ज्येष्ठ पूर्व प्रहरीलाई सम्मान

६९ औँ नेपाल प्रहरीको स्थापना दिवस स्याङ्जामा ‘साईवर सुरक्षा आजको आवश्यकता’ मूल नारासहित मनाइएको छ । कार्यक्रममा ज्येष्ठ पूर्व प्रहरीलाई सम्मान गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्राङ्गणमा रहेको अमर प्रहरी स्मारकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ । 

प्रहरीले घरको झैझगडालगायत जिल्लाभरी भएगरेका घटनाप्रति गरेको काम प्रशंसायोग्य रहेको जनाउँदै स्याङ्जा प्रहरीले गर्ने अपराध अनुसन्धान हरेक कार्यक्षेत्रमा अब्बल रहेको छ । 

कार्यक्रममा स्याङ्जा जिल्ला घर भई कामको सिलसिलामा विभिन्न ठाउँमा वीरगति प्राप्त अमर प्रहरीका एघार परिवारलाई र ज्येष्ठ पूर्व प्रहरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । 

यस्तै, स्याङ्जा प्रहरीलाई कामकारबाहीमा र अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमा निस्वार्थ सहयोग गर्ने र प्रहरी संगठनभित्र रही उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पनि सम्मान गरिएको छ ।

यस्तै, दिवसको सन्दर्भ पारेर विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय परिसर र मातहतका कार्यालय परिसरमा वृक्षरोपण तथा विभिन्न स्थानमा सरसफाइ गरिएको छ । यस्तै, कार्यालयले आन्तरिक रुपमा सञ्चालन गरेका खेल व्याडमिन्टन, टेवलटेनिस प्रतियोगिताका विजेतालाई नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend