मंसिर १२ गते २०८३ || November 27, 2026

रबि लामिछाने लेख्छन् - सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो!!


शुक्रबार, कात्तिक २ २०८१०६:४५

रबि लामिछाने लेख्छन् - सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो!!

यस्तो छ लामिछानेको फेसबुक स्टाटस;

सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो!!

 

तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ??

तपाईं बिचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने?

 

तपाईं प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपिदिनुपर्ने।

तिमीहरू राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौं अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नु पर्ने?

तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने?

यति गरेपछि भाटभटिनीको इस्यु मोड्न पनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिँड्न परेन। तर म कहिले भागेर हिँडिनँ र हिँड्दिनँ पनि। ओलीजी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याएँ, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनु भो। वाचा स्वरूप तपाईंले मेरो बली चढाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रोसँग थाहा छ। तपाईंको मन्त्रिमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईंहरूका दलका नेता/कार्यकर्ता प्रमाणित सहकारी ठग हुन्। कोही जेलमा छन्, कोही फरार छन्। तपाईंहरू तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईंहरूबाट पीडितले न्याय पाउँदैनन्। त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं।

ठिक छ, म तपाईंहरूको दिनगन्ती सुरू भएको खुसीयालीमा कानुनलाई पूरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु।

नयाँ पुस्तालाई एक एक गर्दै सक्काउँदै जाने तिमीहरूको कुनियतले तिमीहरूलाई चाँडै रसातलमा पुर्‍याएको यो देशले चाँडै देख्ने छ। सुरूआत तिमीहरूले गर्यौ, अन्त्य हामी गर्नेछौं, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन्।

अहिलेलाई, सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो। तर मलाई न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ।

प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईंको सभापतिले कसैलाई ठगेको छैन।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend