काठमाडौं - नयाँ सत्ता साझेदार दलको बैठकले पाँच दिनभित्र सरकारका न्यूनतम साझा कार्यक्रम तयार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बसेको शीर्ष नेताहरुको बैठकले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा साझा कार्यक्रम तय गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग जानकारी दिँदै गृहमन्त्री रवि लामिछानेले पाँच दिनभित्र सरकारका न्युनतम साझा कार्यक्रमको ड्राफ्ट तयार गर्ने बताए ।
रास्वपाका सभापतिसमेत रहेका लामिछानेका अनुसार समितिमा सत्ता साझेदार राजनीतिक दलहरुको तर्फबाट एक रएकजना प्रतिनिधि पठाउने निर्णय भएको हो ।