मंसिर ११ गते २०८३ || November 26, 2026

सन्तोष परियार लोकतान्त्रिक पार्टीको प्रवक्ताको जिम्मेवारीमा


पिपल अनलाइन
शुक्रबार, मंसिर १९ २०८२०३:२४

सन्तोष परियार  लोकतान्त्रिक पार्टीको प्रवक्ताको  जिम्मेवारीमा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को प्रवक्ताको जिम्मेवारी सन्तोष परियारले पाएका छन् ।

आज बसेको अध्यक्ष परिषद्को बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।  प्रलोपाले ओजस्वी भट्टराईलाई सह-प्रवक्ताको जिम्मेवारी दिएको छ । परियार र भट्टराई दुवै अध्यक्ष परिषद्का अध्यक्ष हुन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिभावकत्वमा खुलेको यो पार्टीमा ५ जना अध्यक्ष छन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend