मंसिर ११ गते २०८३ || November 26, 2026

एमालेका आफ्नै कार्यकर्ताबीच हात हालाहाल


पिपल अनलाइन
शुक्रबार, मंसिर १९ २०८२०३:४४

एमालेका आफ्नै कार्यकर्ताबीच हात हालाहाल

काठमाडौँ । ११ औं महाधिवेशनको सम्मुखमा नेकपा एमालेमा प्रतिनिधि छनोटको विषयमा विवाद बढ्दा पार्टी कै कार्यकर्ताबीच केन्द्रीय कार्यालय च्यासलमा धकेलाधकेलको स्थिति सिर्जना भएको छ । प्रतिनिधि चयन पारदर्शी नभएको भन्दै आदिवासी जनजाति लोकतान्त्रिक महासंघका कार्यकर्ताहरू असन्तुष्ट बनेका हुन् ।

आफ्ना असन्तुष्टिका विषयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग उनीहरूले असन्तुष्टि राखेको थिए । चर्को स्वरमा असन्तुष्टि राखेपछि अर्को पक्ष उनीहरूमाथि हावी भएको हो । केहीबेर धकेलाधकेल र हात हालाहालको स्थिति आएको एक नेताले जानकारी दिए ।

प्रतिनिधि छनोटमा विधि र प्रक्रियालाई बेवास्ता गरिएको भन्दै उनीहरू असन्तुष्ट बनेका हुन् । ११ औँ महाधिवेशन भएको प्रतिनिधि छनोटमा धनकुटा, ओखलढुंगासहितका जिल्लमा प्रतिनिधि चयनको विवाद भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend