मंसिर ११ गते २०८३ || November 26, 2026

मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता कृष्णप्रसाद यादवको दाबी


पिपल अनलाइन
शुक्रबार, मंसिर १९ २०८२०५:३२

मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता कृष्णप्रसाद यादवको दाबी

काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको दावी पेस भएको छ।

६ राजनीतिक दलका तर्फबाट उनलाई मुख्यमन्त्री बनाउने गरी दावी पेस गरेको हो।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले ६ दलका तर्फबाट ७७ जना प्रदेश सभा सदस्यको समर्थनमा काँग्रेस दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने गरी दावी पेस भएको जानकारी दिए ।

उनलाई मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा नेपाल पार्टी गरी ६ राजनीतिक दलका तर्फबाट जम्मा ७७ जना प्रदेश सभा सदस्यको समर्थन रहेको दावी गरिएको छ। 

तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि १७ मंसिरमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए। 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend