काठमाण्डौँ- नेकपा एकीकृत समाजवादीका पार्टी कार्यालय सचिव गंगानारायण तुलाधारले पार्टी एकता गर्ने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेका छन् । पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै तुलाधारले अनौपचारिक रुपमा सबै पार्टीसँग भई रहेको भेटघाट र छलफल अन्यथा नलिन आग्रह गरे ।
‘एकताका बारेमा कुनैपनि निर्णय भएको छैन । एकता गर्नेगरी घनिूत रुपमा पार्टीका औपचारिक बैठक र छलफल भएका छैन । अहिले नै तत्काल एकतामा गइहाल्नुपर्छ भन्ने अवस्था होइन’ तुलाधारले भने, ‘अनौपचारिक रुपमा यस्ता धेरै कुराहरु भएका छन् । हाम्रा पार्टीका नेताहरुले जसपा माओवादी नेतासँग कुरा गर्नुभएको छ ।’