मंसिर १२ गते २०८३ || November 27, 2026

सुनचाँदीको मूल्यमा गिरावट


शुक्रबार, माघ १६ २०८२११:३०

सुनचाँदीको  मूल्यमा गिरावट

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको हो ।

साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २० हजार ५ सय रुपैयाँले घटेर ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४४० रुपैयाँले घटेर प्रतितोला ७०६५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ७३ हजार ३ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ६०५७ रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend