मंसिर १२ गते २०८३ || November 27, 2026

सुदूरपश्चिमको भम्रण सकाएर बालेन कर्णालीतर्फ लागे


शुक्रबार, माघ १६ २०८२०४:०४

सुदूरपश्चिमको भम्रण सकाएर बालेन कर्णालीतर्फ लागे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिमको भ्रमण सकाएर कर्णाली प्रदेशतर्फ लाग्नु भएको छ  ।

शुक्रबार (माघ १६) बिहान बालेन रास्वपा अछाम–२ का उमेदवार भूपदेव शाहको गाउँमा पुग्नु भएको थियो  । त्यहाँ पार्टीका नेता–कार्यकर्तासित भेटघाटपछि उहाँ कर्णाली प्रदेशतर्फ लाग्नु भएको हो ।उहाँ यति बेला कालीकोटतर्फ गइरहनु भएको  बालेनका सल्लाहकार कुमार व्यञ्जनकारले जानकारी दिनु भयो ।

व्यञ्जनकारका अनुसार, बालेन कालीकोटको मान्मा पुग्नुहुने छ  । त्यसपछि दैलेख हुँदै सुर्खेतसम्मको भ्रमण गर्ने कार्यक्रम तय छ ।

उहाँ यसअघि बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बाजुरासम्म पुग्नु भएको थियो  । बालेन आफैँ यसपालि प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट उमेदवार हुनुहुन्छ  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend