मंसिर ११ गते २०८३ || November 26, 2026

वाम एकताका लागि नेकपा एकीकृत समाजवादीले कार्यदल गठन 


पिपल अनलाइन
बिहीबार , पुस २१ २०७९०४:४३

वाम एकताका लागि नेकपा एकीकृत समाजवादीले कार्यदल गठन 

काठमाण्डौँ - वाम एकताका लागि नेकपा एकीकृत समाजवादीले कार्यदल गठन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले वाम एकताका लागि पहल र अगुवाई गर्न महासचिव बेदुराम भुसालको नेतृत्वमा कार्यदल गठन गरेको हो ।

प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार महासचिव भुसाल नेतृत्वमा रहेको कार्यदलमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल पनि छन् ।
‘वाम एकताका लागि पहल र अगुवाई गर्न एक कार्यदल बनाइएको छ,’ उनले भने, ‘सबै वामपन्थी व्यक्ति र संस्थासँग छलफल गर्छौं।’ एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको अहिलेको सरकारलाई समर्थन गर्ने कि नगर्नेमा भने निर्णय गर्न सकेको छैन ।


  • सम्बन्धित विषय:

  • # वाम एकताका लागि नेकपा एकीकृत समाजवादीले कार्यदल गठन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend