मंसिर ११ गते २०८३ || November 26, 2026

ज्येष्ठ सदस्यको अध्यक्षतामा सर्वदलीय बैठक बस्दै


पिपल अनलाइन
शुक्रबार, पुस २२ २०७९१२:०४

ज्येष्ठ सदस्यको अध्यक्षतामा सर्वदलीय बैठक बस्दै

काठमाण्डौँ - प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि विषयहरू तय गर्न आज शुक्रबार सर्वदलीय बैठक बोलाएका छन् । सङ्घीय संसद्को पहिलो बैठक पुस २५ गते बस्ने भएपछि त्यसकै तयारीका लागि यो बैठक बोलाइएको हो । 

दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ । बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायतका विषयमा छलफल गर्ने जानकारी संसद् सचिवालयले दिएको छ । 


  • सम्बन्धित विषय:

  • # ज्येष्ठ सदस्यको अध्यक्षतामा सर्वदलीय बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend