मंसिर ११ गते २०८३ || November 26, 2026

आगामी निर्वाचनमा एमालेले ठूलो पराजय व्यहोर्नुपर्छ पर्यटनमन्त्री आलेको ठोकुवा


शनिबार, चैत ५ २०७८०९:५६

आगामी निर्वाचनमा एमालेले ठूलो पराजय व्यहोर्नुपर्छ पर्यटनमन्त्री आलेको ठोकुवा

काठमाडौं । पर्यटन मन्त्री प्रेम आलेले आगामी निर्वाचनमा एमालेले ठूलो पराजय व्यहोर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा गौरीशंकर च्छोरोल्पा मिडियाको दोश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले आगामी निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने दाबी गरेको एमालेले ठूलो पराजय व्यहोर्नुपर्ने बताएका हुन् ।

उनले एमाले सरकारको पालामा बतासलाई कौडीको भाउमा नारायणहिटी र पशुपति धर्मशाला दिएको भन्दै यसको जवाफ वैशाख ३० गतेको निर्वाचनबाट पाउने धारणा राखे ।

त्यस्तै उनले आफूलाई एकीकृत समाजवादीले निकै ठूलो जिम्मेवारी दिएको भन्दै आफू मन्त्री पदमा रहुन्जेल कसैको शिर निहुरिन नदिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।


  • सम्बन्धित विषय:

  • # पर्यटनमन्त्री


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend